अर्घाखाँचीमा एमालेले उम्मेदवारकाे टुंगाे लगायाे

आइतबार, ११ बैशाख, २०७९
डिजिटल संस्करण
  • सन्धिखर्क नगरपालिकाको मेयरमा कृष्ण श्रेष्ठ र उपमेयरमा मिश्रा आचार्य 
  • भूमिकास्थान नगरपालिकाको मेयरमा रेशम थापा र उपमेयरमा वसन्ता पौडेल 
  • शितगंगा नगरपालिकाको मेयरमा वसन्तकुमार श्रेष्ठ र उपमेयरमा गीता भाट 
  • मालारानी  गाउँपालिकाको अध्यक्षमा दलबहादुर भट्टराई र उपाध्यक्षमा दीपा पोखरेल 
  • छत्रदेव गाउँपालिकाको अध्यक्षमा दीपक पन्थी र उपाध्यक्षमा मनी पन्थी  
  • पाणिनी गाउँपालिकाको अध्यक्षमा टेकराज न्यौपाने र उपाध्यक्ष (टुंगो लाग्न बाँकी)

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले अर्घाखाँचीमा उम्मेदवारको टुंगो लगाएको छ । तीनवटा नगरपालिका र तीनवटा गाउँपालिका रहेको अर्घाखाँचीमा पाणिनी गाउँपालिकाको उपाध्यक्षबाहेक सबै पदका उम्मेदवारको टुंगो लागेको एमाले अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसालले जानकारी दिए । 

तीन नगरपालिकामध्ये सन्धिखर्कको मेयरमा कृष्ण श्रेष्ठ र उपमेयरमा मिश्रा आचार्य उम्मेदवार चयन भएका छन् । भूमिकास्थान नगरपालिकाको मेयरमा रेशम थापा र उपमेयरमा वसन्ता पौडेल चयन भएका छन् । शितगंगा नगरपालिकाको मेयरमा वसन्तकुमार श्रेष्ठ र उपमेयरमा गीता भाट उम्मेदवार बन्ने भएका छन् । 

यसैगरी, मालारानी  गाउँपालिकाको अध्यक्षमा दलबहादुर भट्टराई र उपाध्यक्षमा दीपा पोखरेल चयन भएका छन् । छत्रदेव गाउँपालिकाको अध्यक्षमा दीपक पन्थी र उपाध्यक्षमा मनी पन्थी चयन भएका छन् । यस्तै, पाणिनी गाउँपालिकाको अध्यक्षमा टेकराज न्यौपानेको टुंगो लागेको छ भने उपाध्यक्षको अझै टुंगो लागेकाे छैन । उपाध्यक्षबारे छलफल जारी रहेकाले केही समयपछि टुंगो लाग्ने भुसालले जानकारी दिए । 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार