एमालेले टुंग्यायो ५ महानगर र ९ उपमाहानगरका उम्मेदवार,काठमाडौंमा केशव स्थापित

शनिबार, १० बैशाख, २०७९
डिजिटल संस्करण

नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ। उपप्रमुखमा सुनिता डङ्गोललाई उठाउने एमालेले निर्णय गरेको छ। डङ्गोलले यसअघि स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी थिइन्। 

ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ।


नेकपा एमालेले महानगरहरुमा बनाएका मेयर र उपमेयरका उम्मेदवारहरु 

काठमाडौं महानगरपालिका मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोल

ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य

पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङ

भरतपुरको मेयरमा विजय सुवेदी र उपमेयर खाली

वीरगञ्जको मेयरमा विजय सारबगी र उमपेयर खाली 

बिराटनगर महानगरपालिकाको मेयर र उपमेयर टुंगो लाग्न बाँकी

नेकपा एमालेले तोकेको उपमहानरपालिकाका मेयर र उपमेयरका उम्मेदवारहरु 

धनगढी उपमहानरपालिकाको मेयरमा रणबहादुर चन्द र उपमेयर कन्दकला राना थारु

नेपालगञ्ज उपमहानरपालिकाको मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्तिदेवी ढकाल

तुलसीपुर उपमहानरपालिकाको मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरी

घोराही उपमहानरपालिकाको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा कुमारी डिसी

बुटवल उपमहानरपालिकाको मेयरमा प्रमुख बाबुराम भट्टराई र उपमेयरमा साबित्रादेवी अर्याल

हेटौंडा उपमहानरपालिकाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्ले

धरान उपमहानरपालिकाको मेयरमा मञ्जु भण्डारी र उपमेयर पदम लिम्बु

इटहरी उपमहानरपालिकाको मेयरमा यमकुमार सुब्बा र उपमेयर संगिता चौधरी

कलैया उपमहानरपालिकाको मेयरमा विनोद साह र उपमेयर खाली
 

सुझावित समाचार