मुगुमा एमालेले टुंग्यायो पालिका प्रमुख र उपप्रमुखको उम्मेदवारी

शनिबार, १० बैशाख, २०७९
डिजिटल संस्करण
  • छायाँनाथ रारा नगरपालिको मेयर पदकालागी डम्बर बहादुर रावल र उपमेयरका लागि टोमा लामा
  • सोरु गाउँपालिका अध्यक्षमा डिल्ली प्रसाद भट्ट, उपाध्यक्षमा डिलकली शाही
  • खत्याड गाउँपालिका अध्यक्षमा लाल बहादुर मल्ल, उपाध्यक्षमा कविता गिरी
  • मुगुमकामारोङ्ग गाउँपालिका अध्यक्षमा सोनाम लामा र उपाध्यक्षमा छिरिङ्ग फुटिक लामा

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मुगुमा एमालेले उम्मेदवारको टुङ्गो लगाएको छ । जिल्लामा रहेको एक नगरपालिका र तीन गाउँपालिकाहरुको लागी एमालेको तर्फबाट उम्मेदवार बन्ने प्रमुख र उपप्रमुखको नाम शुक्रबार टुङ्गो लागेको हो । छायाँनाथ रारा नगरपालिको मेयर पदकालागी डम्बर बहादुर रावल र उपमेयरका लागि टोमा लामाको नाम सिफारिस गरिएको  एमाले मुगुले जनाएको छ ।

सोरु गाउँपालिका अध्यक्षमा डिल्ली प्रसाद भट्ट, उपाध्यक्षमा डिलकली शाहीलाई उम्मेदवार बनाईएको छ । यसैगरी खत्याड गाउँपालिका अध्यक्षमा लाल बहादुर मल्ल, उपाध्यक्षमा कविता गिरी र मुगुमकामारोङ्ग गाउँपालिका अध्यक्षमा सोनाम लामा र उपाध्यक्षमा छिरिङ्ग फुटिक लामालाई उम्मेदवार बनाइएको छ ।

घोषित उम्मेदवारहरु मध्य नगर प्रमुख पदका उम्मेदवार रावल २०७४ को स्थानिय तहको निर्वाचनमा छायाँनाथ रारा नगरपालिका— ५ का वडा अध्यक्षमा निर्वाचित भएका थिए । एमालेले पालिका प्रमुख र उपप्रमुखका उम्मेदवार टुङ्गो लगाए पनि ४५ वडाका वडा अध्यक्ष र सदस्यहरुको टुङ्गो लगाएको छैन । सत्ता गठबन्धन दलले आफ्ना उम्मेदवार टुंगाएपछि आफ्नो उम्मेदवार सार्वजनिक गर्ने योजनामा एमाले रहेको देखिन्छ ।

यता सत्ता गठबन्दनका दलहरुको दैनिक जसो बैठक बसे पनि गठबन्धन गरेर जाने की एग्ला एग्लै स्थानिय निर्वाचनमा जाने भन्ने बारे अझै टुङ्गोमा नपुग्दा दलहरुले वडा देखि पालिका सम्मका उम्मेदवारहरु छनौट गर्न सकिरहेका छैनन् ।
 

सम्पादकको रोजाइ

सुझावित समाचार