वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सराबगीले नगरप्रमुख पदबाट राजीनामा दिएका छन्। आसन्न स्थानीय तहको निर्वाचनमा पुनः नगरप्रमुखको उम्मेदवार बन्न सराबगीले राजीनामा दिएका हुन्।
बिहीबार महानगर कार्यालयमा उनले नगर उपप्रमुख शान्ति कार्कीसमक्ष राजीनामा-पत्र बुझाएका हुन्। उम्मेदवारी दर्ता गराउनुपूर्व कानुनी राजीनामा दिनुपर्ने प्रावधानलाई टेक्दै राजीनामा दिएको उनले बताए। यसपटक सराबगी नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्ने करिब पक्का भएको छ।