मुगु कांग्रेसद्वारा मेयरमा १२ र उपमेयरमा ५ जनाको नाम सिफारिस

शुक्रबार, ९ बैशाख, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेस जिल्ला कार्यसमिति मुगुले छायाँनाथ रारा नगरपालिकाको मेयर पदका लागि १२ र उपमेयरमा पाँचजनाको नाम प्रदेश कार्यसमितिलाई सिफारिस गरेको छ। शुक्रबार कांग्रेस जिल्ला कार्यसमितिको बैठक बसेर मेयरमा १२ र उपमेयरमा पाँचजनाको नाम सिफारिस गरी प्रदेश कार्यसमिति सुर्खेतमा पठाएको प्रवक्ता प्रकाशकुमार शाहीले जानकारी दिए।

मेयरका लागि हरिजंग शाही, जयबहादुर हितान, सूर्यदेवी मल्ल, खगेन्द्रबहादुर मल्ल, पदमबहादुर रावल, ऐनबहादुर हमाल, कृष्णबहादुर सेजुवाल, लोकेन्द्रबहादुर मल्ल, भूपेन्द्रबहादुर मल्ल, सिंहबहादुर मल्ल, विष्णुकुमार भाम र पशुपति शाहीको नाम सिफारिस गरिएको छ। त्यसैगरी, उपमेयरमा कांग्रेसले ऐश्वर्य मल्ल, रामदेवी खड्का, ईश्वरदेवी रावल, खम्मेनी कामी र जसा नेपालीलाई सिफारिस गरेको छ।

कांग्रेस जिल्ला कार्यसमितिले मेयर र उपमेयरका लागि एक/एकजनाको नाम सिफारिस गर्न नसक्ने अवस्था आएपछि निर्णयार्थका निम्ति प्रदेश कार्यसमितिमा पठाउनुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको प्रबक्ता शाहीको भनाइ छ।

स्थानीय निर्वाचनको उम्मेदवारी मनोनयन गर्ने समय दुई दिन मात्र बाँकी रहँदा कांग्रेसलाई तीन गाउँपालिका र एक नगरपालिकाको उम्मेदवारी टुंगो लगाउन हम्मेहम्मे परेको छ।

सुझावित समाचार