पूर्वमन्त्री आलमको मुद्दा न्यायाधीशद्वय माथेमा र सुवेदीको इजलासमा

शुक्रबार, ९ बैशाख, २०७९
डिजिटल संस्करण

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दामाथि सुनुवाइ तोकेको छ। यसअघि हेर्दा हेर्दैमा राखिएको मुद्दामाथि सर्वोच्चले शुक्रबार न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासमा सुनुवाइ तोकेको हो।

आलमलाई ०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेको छ। उनीमाथि विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेतमा मुद्दा चलिरहेको छ।

आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरेपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगेका हुन्। उनको मुद्दामा पटकपटक पेसी तोकिए पनि सुनुवाइ भने सर्दै आएको छ।

सुझावित समाचार