काठमाडौं महानगरको मेयर उम्मेदवार सिफारिस गर्न कांग्रेस बैठक, कसको सम्भावना ?

बुधबार, ७ बैशाख, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका लागि मेयरको उम्मेदवार सिफारिस गर्न कांग्रेस काठमाडौं महानगर समितिको बैठक सुरु भएको छ । नगरसचिव सुसन वैद्यका अनुसार काठामाडौंको एक पार्टी प्यालेसमा मेयरको उम्मेदवार सिफारिसका लागि बैठक बसेको हो । गठबन्धनको भागबन्डामा काठमाडौं महानगरपालिकाको मेयर कांग्रेसले पाउने भएपछि कांग्रेस काठमाडौं महानगर समितिको बैठक बसेको हो । वैद्यका अनुसार उम्मेदवारका आकांक्षीमध्येबाट तीनजनाको नाम केन्द्रमा सिफारिस गर्ने गरी बैठकमा छलफल हुनेछ । 

काठमाडौं महानगरपालिकाको मेयरका लागि सिर्जना सिंह, तीर्थराम डंगोल, हरिप्रभा खड्गी, नीलकाजी शाक्य, सुसन वैद्यलगायतको नाम चर्चामा छ । 

सुझावित समाचार