सर्वोच्चको आदेश–गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्नू

मंगलबार, ६ बैशाख, २०७९
डिजिटल संस्करण

सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । अधिकारीले दायर गरेको रिटमा मंगलबार सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो । 

न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले आगामी १३ वैशाखमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । 

सुझावित समाचार