बिस्केट जात्राको रथले किच्दा भक्तपुरमा एकजनाको मृत्यु

मंगलबार, ६ बैशाख, २०७९
डिजिटल संस्करण

बिस्केट जात्राको रथले किच्दा भक्तपुरमा एकजनाको मृत्यु भएको छ। सोमबार साँझ भक्तपुर दरबार क्षेत्रको गहिटीबाट वंशगोपालतर्फ लगिँदै गरिएको रथको पांग्राले नासमाना चोकमा ७१ वर्षीय दुर्गामान कस्पाललाई किचेको थियो।

रथले किचेर गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा सोमबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ।

सुझावित समाचार