अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय पदाधिकारी चयन, महासचिवमा पुन

आइतबार, ४ बैशाख, २०७९
डिजिटल संस्करण
अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय पदाधिकारी चयन, महासचिवमा पुन

अध्यक्ष पञ्चा सिंह

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले पदाधिकारी चयन गरेको छ । गत असोजमा भएको अखिल क्रान्तिकारीको अधिवेशनले पञ्चा सिंहलाई अध्यक्ष चयन गरेको थियो।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, फ्याक्सन इन्चार्ज हितमान शाक्यसहित शनिबार र आइतबार बसेको अखिल क्रान्तिकारीको केन्द्रीय कमिटी बैठकले पदाधिकारी टुंगो लगाएको हो। अखिल क्रान्तिकारीको पदाधिकारी ४१ सदस्यीय बनेको छ।

इन्द्र भुसाल, जिपी मैनाली, टुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशीसहित १९ जना उपाध्यक्ष बनेका छन्।

महासचिवमा दिपेश पुन चयन भएका छन् भने कोषाध्यक्षको जिम्मेवारी भूषण शाहीले पाएका छन् । 

अखिल क्रान्तिकारीको केन्द्रीय कमिटी यसअघि १सय ९९ सदस्यीय हुने भनिए पनि आइतबारको बैठकले २ सय ९९ सदस्यीय बनाउने निर्णय गरेको छ।

सुझावित समाचार