सत्तागठबन्धनले स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरबारे भोलिसम्म टुंगो लगाउने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बालुवाटारमा भएको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे कार्यदलको रिपोर्ट पनि भोलिसम्म लिने निर्णय गरेको छ।