सिरिजको खेलतालिका सार्वजनिक

शनिबार, ३ बैशाख, २०७९
डिजिटल संस्करण

नेपालले टेस्ट मान्यताप्राप्त जिम्बावेको ए टोलीसँग १७ देखि २६ वैशाखसम्म समान तीन एकदिवसीय तथा टी–२० खेल खेल्ने

नेपाली राष्ट्रिय पुरुष टोलीले १७ वैशाखदेखि टेस्ट मान्यताप्राप्त जिम्बावेको ए टोलीविरुद्ध एकदिवसीय तथा अन्तर्राष्ट्रिय टी–२० सिरिज खेल्दै छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार जिम्बावे एविरुद्ध खेल्ने तीन एकदिवसीय र तीनवटै टी–२० खेलको खेलतालिका सार्वजनिक गरेको छ । नेपालले जिम्बावे एसँग पहिलो १७ वैशाखमा पहिलो एकदिवसीय खेल खेल्नेछ । 

नेपाल र जिम्बावे एबीचको एकदिवसीय तथा टी–२० सिरिज अन्तर्राष्ट्रिय मान्यताका लागि क्यानले पहल गरिरहेको छ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत जुनमा अमेरिका र ओमानसँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । सो त्रिकोणात्मक सिरिजका लागि नेपालले क्यानडामा अभ्यास गर्ने क्यानले जनाइसकेको छ । 

त्यसपछि अमेरिकाको भ्रमणपछि नेपालले विश्वकप लिग–२ खेल्न स्कटल्यान्ड जानेछ । यही दुई महत्वपूर्ण सिरिजका लागि नै नेपालले जिम्बावेको ए टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले गत वर्ष पपुवा न्युगिनी र मलेसिया सम्मिलित टी–२० सिरिज जितेको थियो । विश्वकप लिग–२ मा नेपालले १२ खेलमा समान ६ जित र हारको सामना गरी १२ अंक बटुलेको छ । नेपाल तालिकाको छैटौँ स्थानमा छ । सात टोली सहभागी विश्वकप लिग–२ का शीर्ष तीन टोली सोझै भारतमा हुने अर्को आइसिसी एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप लिग–२ का बाँकी चार टोलीले प्ले अफ खेल्नेछन् ।
 

See More On

सुझावित समाचार