मोरङमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेर एकजना फरार भएका छन् । मोरङको जहदा गाउँपालिका– ७ का ३३ वर्षीय नारायण सोरेनले मादक पदार्थ सेवन गरी कुटपिट गरेर ३२ वर्षीया श्रीमती पानो टुडुको हत्या गरेका हुन् ।
मोरङ प्रहरीका अनुसार २९ चैत राति मादक पदार्थ सेवन गरेर आएका श्रीमान् सोरेनले श्रीमतीलाई कुटपिट गरी घाइते बनाएका थिए । श्रीमानको कुटपिटबाट घाइते भएकी श्रीमती टुडुको उपचारका क्रममा कोसी अस्पताल विराटनगरमा १ वैशाखमा मृत्यु भएको हो । श्रीमतीलाई कुटेर फरार भएका श्रीमानकोे खोजी गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।