एमएडब्लू अर्थ–मुभर्स बन्यो दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसिबी डिलर

बिहिबार, १ बैशाख, २०७९
डिजिटल संस्करण

कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्ट ब्रान्ड जेसिबीको आधिकारिक विक्रेता एमएडब्लू अर्थ–मुभर्स दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसिबी डिलर बनेको छ । जेसिबी इन्डियाले आफ्नो डिलर्स मिटमा एमएडब्लू अर्थ–मुभर्सलाई सर्वोत्कृष्ट दक्षिण एसिया डिलर २०२१ बाट सम्मानित भएको हो । 

जेसिबी युकेका निर्देशक जर्ज बामफोर्ड, ग्रुप सिइओ ग्राहम म्याकडोनाल्ड र जेसिबी इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकारी दीपक सेट्टीले एमएडब्लू अर्थ–मुभर्सका अध्यक्ष विष्णुकुमार अग्रवाललाई संयुक्त रूपमा सर्वोत्कृष्ट डिलरको अवार्ड हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । सम्मानित भएपछि एमएडब्लू अर्थ–मुभर्सका अध्यक्ष विष्णु अग्रवालले जेसिबीका ग्राहक, कर्मचारी र सरोकारवालाको साथ र सहयोगमा दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसिबी डिलर बन्न सफल भएको बताए ।

उनले भने, ‘हामीलाई विश्वास छ, हाम्रा ग्राहक, सरोकारवाला र कर्मचारीको निरन्तर साथ रहेमा हामी अझ धेरै सफलताको उचाइमा पुग्नेछौँ ।’  एमएडब्लू अर्थ–मुभर्सले ब्याकहो लोडर, एक्साभेटर, ह्विल लोडर, कम्प्याक्टर, टेलिह्यान्डलर र स्किड स्टेरिङ लोडरजस्ता जेसिबी ब्रान्डका हेभी इक्विपमेन्टहरूको बिक्री–वितरण गर्दै आएको छ । 

सुझावित समाचार