‘स्टोरी बैंक’का लागि २० चलचित्र छानिए

बिहिबार, १ बैशाख, २०७९
डिजिटल संस्करण

चलचित्र विकास बोर्डले स्टोरी बैंकका लागि माग गरेका कथामध्ये २० वटा नेपाली चलचित्रको कथा छनोट गरेको छ । बोर्डले जारी गरेको सूचनाअनुसार १० वटा लघु चलचित्र र १० वटा फिचर चलचित्र छनोट भएका छन् । 

बोर्डले २०७८ सालमा स्टोरी बैंकका लागि मागेको आवेदनबाट लघु चलचित्रको पटकथाअन्तर्गत सूर्यबहादुर शाहीको ‘भगवान्को घर’, दिलीप पन्तको ‘लक्ष्मी,’ सरोज सिलवालको ‘चंगा चेट,’ गोपालचन्द्र लामिछानेको ‘प्रलय,’ प्रकाश सापकोटाको ‘छोरी,’ सुन्दर योञ्जनको ‘एट इज एनोसपिसियस डे,’ लेखनाथ पोखरेलको ‘फकलीको गाउँ,’ अम्बिका भण्डारीको ‘स्कार्लेट रेड,’ गोपाल विकको ‘फ्रिफायर’ र ङिमा गेलु लामाको ‘टु’ छनोट गरिएका छन् । 

कथानक चलचित्रअन्तर्गत पटकथाका लागि मनोजबाबु पन्तको ‘हिउँले खाएको बाटो,’ मिनबहादुर भामको ‘चिसो वर्ष,’ राजेशप्रसाद खत्रीको ‘श्यामश्वेत तस्बिर,’ निरञ्जनराज भेटवालको ‘इन्द्रेणी पारि,’ फिडेल देवकोटाको ‘काङलिङ,’ भीमबहादुर रानाको ‘घाँटु’, विनोद खतिवडाको ‘केतकी,’ निराजनप्रसाद थपलियाको ‘अस्तित्व,’ निर्मल पौडेलको ‘गोपाली,’ र नवराज खड्का (नवल) को ‘काँडेतार’ छनोट भएका छन् ।

यसरी पटकथा छानिएका चलचित्र निर्माणका लागि चलचित्र विकास बोर्डले आर्थिक सहयोग गर्नेछ । बोर्डले स्वदेशी तथा मौलिक चलचित्र निर्माणका लागि आर्थिक सहयोग गर्ने उद्देश्यले ‘स्टोरी बैंक कार्यविधि २०७७’ तयार गरेको थियो । कार्यविधिअनुसार स्वदेशी चलचित्रको विकास, प्रवद्र्धन र संरक्षणका लागि मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक, सामाजिक, सांस्कृतिक, सन्देशमूलक एवं राष्ट्रियताको पहिचानमा आधारित कथावस्तुमा चलचित्र निर्माण गर्न प्रोत्साहनका लागि उत्कृष्ट पटकथाको छनोट गरी आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो ।  

See More On

सुझावित समाचार