भक्तपुरको ऐतिहासिक बिस्केट जात्रा आइतबारबाट सुरु भएको छ। आठ रात नाै दिनसम्म मनाइने जात्रा वैशाख ५ गतेसम्म चल्नेछ। बिस्केट जात्रामा तान्त्रिक विधिपूर्वक निर्माण गरिएको भैरवको रथ टैमढीबाट भक्तपुरको माथिल्लो र तल्लो भेगका बासिन्दाले आ-आफ्नो क्षेत्रमा लैजान तान्ने परम्परा छ । बिस्केट जात्रामा देखिएका केही दृश्य :









