पेट्रोलियम पदार्थको क्षेत्रमा देखिएका समस्याको वैज्ञानिक समाधान खोज्ने आपूर्तिमन्त्रीको आश्वासन

आइतबार, २७ चैत, २०७८
डिजिटल संस्करण

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आमउपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायतका समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन् । पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न संगठनका प्रतिनिधिसँग आइतबार मन्त्रीनिवास ललितपुरमा भएको छलफलमा मन्त्री बडूले पेट्रोलियम पदार्थको क्षेत्रमा विश्वभर देखिएको संकटको असर नेपालमा पनि परेकाले यसको वैज्ञानिक व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताए। 

उनले यस क्षेत्रमा कार्यरत उद्योगी व्यवसायी र ढुवानीकर्ताहरूको समस्या एवं माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको स्पष्ट पारे । सबै मिलेर पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधान हुनेमा उपभोक्तालाई आश्वस्त पानुपर्ने उनको भनाइ छ । नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम ढुवानी महासंघ र पेट्रोलियम पदार्थ डिलर्स एसाेसिएसनका प्रतिनिधिहरूले पछिल्लो समय देखिएका समस्या समाधानका लागि मन्त्री बडूलाई संयुक्त रूपमा ध्यानाकर्षण गराएका छन् । 

सुझावित समाचार