गोविन्दको ‘जीवन धराप भो’ सार्वजनिक

शनिबार, १९ चैत, २०७८
डिजिटल संस्करण

मकवानपुरको पश्चिमी क्षेत्र मनहरीका युवा गोविन्द बर्तौलाले ‘जीवन धराप भो’ बोलको लोकगीत सार्वजनिक गरेका छन्। अमृत नेपालीको शब्द, रामकुमार नेपालीको संगीत रहेको गीतमा बर्तौला र आशा केसीको स्वर रहेको छ ।

सानैदेखि लोकगीतमा रुचि भएका बर्तौलाले ‘जीवन धराप भो, छाला राम्रो हुनेको चाला खराब भो’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेका हुन् । बर्तौैलाको गीत भारती पिक्चर्स नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

मान्छेलाई बाहिरबाट हेर्दा जति सुन्दर देखे पनि उसको चरित्र त्यस्तो हुन नसक्ने भन्ने सन्देश आफ्नो गीतमा रहेको गायक बर्तौलाको भनाइ छ । विभिन्न सार्वजनिक कार्यक्रम, स्टेज साेहरूमा आफ्नो लोकगायन कला प्रस्तुत गर्दै आएका बर्तौलाले लोकगीतको एल्बम बजारमा ल्याउन पाउँदा खुसी लागेको बताउँछन् ।  
 

See More On

सुझावित समाचार