सुपक अधिकारीले पहिलोपटक नयाँ गीत बजारमा ल्याएका छन् । अस्ट्रेलियामा बसोबास गर्दै आएका पोखराका अधिकारीले पहिलोपटक माया प्रेमसँगसम्बन्धी ‘गड्यो प्यार दिलमा ’ बोलको गजल गीत सार्वजनिक गरेका हुन् । प्रेमीको मायामा एकोहोरो भएको विषयलाई गजलमा प्रस्तुत गरिएको छ । अधिकारी शब्द रहेको यो गजललाई थानेश्वर गौतमले संगीत र स्वर दिएका छन् ।
भिडियोमा प्रियाना आचार्य र प्रिन्सेस विश्वकर्माको मुख्य अभिनय छ । गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन् । एक दशकदेखि पढाइ र कामको क्रममा विदेशमा रहेका अधिकारी सानैदेखि लेखन कार्यमा सक्रिय भए पनि पहिलोपटक स्रोतामाझ प्रस्तुति ल्याएका हुन् ।
उनले भने– धेरै गीत/गजलहरू डाइरीमा छन्, यद्यपि पहिलोपटक गीत स्रोतामाझ ल्याउन पाउँदा खुसी छु । उनको आफ्नै युटुभ च्यानल निर्वाण प्लसबाट गीतलाई सार्वजनिक गरेका हुन् । उनले आर्को गीतसमेत बजार आउने तयारीमा रहेको जानकारी दिए।