पेट्रोल अभावको त्रासमा सर्वसाधारण (फोटोफिचर)

शनिबार, १९ चैत, २०७८
डिजिटल संस्करण

पेट्रोलियम व्यवसायीले ढुवानी ठप्प पारेपछि काठमाडौं उपत्यकालगायत देशका अधिकांश पम्पमा उपभोक्ताको लाइन लागेको छ। इन्धन अभाव हुने र मूल्य बढ्ने आशंकाले तेल हाल्न सर्वसाधारण घण्टौँ लाइन बसेका छन्।

व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी भाडा र डिलर कमिसन बढाउन माग राख्दै शुक्रबार बिहानैदेखि ग्यास, डिजेल, पेट्रोल, हवाई इन्धनलगायत सबै प्रकारका पेट्रोलियम उठाउन छाडेका छन्। 

शुक्रबार मात्रै इन्डियन आयल कर्पोरेसनले इन्धनको मूल्य समायोजनसहितको सूची पठाएको थियो। आयल निगमका अनुसार ग्यास प्रतिसिलिन्डर २७३ रुपैयाँ र मटितेल प्रतिलिटर २२ रुपैयाँले बढेको छ भने पेट्रोल प्रतिलिटर १.४८ रुपैयाँले घटेको छ।

तस्बिरहरू :

सुझावित समाचार