कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

शुक्रबार, १८ चैत, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन्। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तीनदिने भारत भ्रमणमा रहेकाले खड्कालाई कार्यवाहक जिम्मेवारी दिइएको हो।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति खड्कालाई पार्टीको कार्यवाहक सभापति तोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले  जानकारी दिए।
 

सुझावित समाचार