साधारण तारेखको माग गर्दै उच्च अदालत पोखरामा पल शाहको निवेदन

मंगलबार, १५ चैत, २०७८
डिजिटल संस्करण

नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहले साधारण तारेखको माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिएका छन् । करिब एक साताअघि जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको थियो । 

अदालतको आदेशविरुद्ध मंगलबार शाहले उच्च अदालत पोखरामा  निवेदन दिएका हुन् । तनहुँमा भएको थुनछेक बहसपछि शाहलाई गत बिहीबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो ।

उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यका अनुसार शाहका तर्फबाट जिल्ला अदालत तनहुँको थुनछेक आदेश बदर गरी साधारण तारेखमा राखी पाउँ भन्दै निवेदन परेको हो । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिम शाहका तर्फबाट अदालतमा निवेदन परेको हो । 

थुनामा राख्न गरिएको तनहुँको आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत नभएकोले थुनामुक्त गरी साधारण तारेखमा राखेर अनुसन्धान गर्न निवेदनमा माग गरिएको छ ।

तनहुँका न्यायाधीश हरीश्चन्द्र ढुंगानाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम शाहलाई तत्काल पुर्पक्षका लागि थुनामा पठाउने ओदश गरेका थिए ।

नाबालिग गायिकाले ११ फागुन सुटिङका क्रममा चिनजान भएसँगै विवाह गर्ने भनी प्रेमको झुठो आश्वासन दिएर शाहले आफूलाई पटक-पटक जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । आफूविरुद्ध उजुरी परेपछि शाह १५ फागुनमा आफैँ प्रहरीसमक्ष पुगेका थिए ।

See More On

सुझावित समाचार