जनक शिक्षा सामग्री केन्द्रलाई दुई करोड मतपत्र छाप्न दिने आयोगको निर्णय

आइतबार, १३ चैत, २०७८
डिजिटल संस्करण

निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छाप्न दिने निर्णय गरेको छ । ११ चैतमा आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई मतपत्र छाप्न दिने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार आयोगले आगामी वैशाख २० गतेसम्ममा सकिने गरी मतपत्र छाप्न दिने निर्णय गरेको हो ।  

आयोगले निर्वाचनका लागि ६ सय ७६ निर्वाचन अधिकृत नियुक्त गरेको छ । त्यस्तै, आयोगले आइतबार नै अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने बताएको छ । आयोगले यसपटकको निर्वाचनमा निर्वाचन हुनुभन्दा अघिल्लो दिन अर्थात् २९ वैशाखसम्म १८ वर्ष पुग्ने नागरिकको नाम मतदाता नामावलीमा समावेश गरेको छ । जसअनुसार मतदाताको संख्या एक करोड ७९ लाख पुग्ने आयोगको अनुमान भए पनि दाबी विरोध र त्रुटि सच्याइएपछि संशोधनसहितको अन्तिम मतदाता नामावलीमा केही संख्या घटेर आउने बताइएकाे छ । 
 

सुझावित समाचार