इजाजतप्राप्त हतियार बुझाउन मनाङ प्रशासनको निर्देशन

आइतबार, १३ चैत, २०७८
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय मनाङले इजाजत लिएर राखेका हतियार बुझाउन निर्देशन दिएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले एक सूचना जारी गर्दै इजाजत लिई राखेका हतियार बुझाउन निर्देशन दिएका हुन्।

स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन इजाजत लिएर राखेका हतियार बुझाउन भनिएको हो। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राख्दै इजाजत लिएका हतियार चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन भनिएको प्रजिअ आचार्यले बताए। तोकिएको समयमा हतियार नबुझाएमा कानुनबमोजिम भई जानेसमेत जारी सूचनामा उल्लेख छ।

सुझावित समाचार