तीन दिवसीय उर्स सम्पन्न

बिहिबार, १० चैत, २०७८
डिजिटल संस्करण

महोत्तरीको रौजा मजार सरिफमा लागेका तीन दिवसीय उर्स बिहीबार सम्पन्न भएको  छ । उर्सको अन्तिम दिन बिहीबार दिउँसो ३ बजे भारत बिहार राज्यको पोखरैरा सरिफमा मोस्फती मोहम्द रेजाले नेतृत्वमा बाबा गदाअली शाह, बाबा बहार अली शाह र बाबा रहम अली शाहको मजारमा छुटाछुटै चादर पोसी गरेका थिए । 

चादर पोसीमा धार्मिक गुरुहरू मोफ्ती, मौलना, मोल्बी तथा श्रद्धालु भक्तजनको सहभागिता थियो । चादर पोसीमा सहभागी भएका लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका प्रदेश सांसद जयनुल राइनले बाबा गदाअली शाह नेपालमा मात्र नभई छिमेकी मुलुक भारतमा पनि प्रसिद्ध रहेको बताए । 

बाबाको मजारमा नेपाल, भारतसहितका लाखौँ श्रद्धालु भक्तजन(मुजाहिदिन) उर्समा सहभागी भएको बताउँदै सासद राइनले भने, ‘भाकल गरेका व्यक्तिहरूको मनोकांक्षा पूरा हुने गरेकाले बाबाप्रति सर्वसाधारणको विश्वास बढ्दै गएको छ।’ 

प्रत्येक चैत महिनामा रौजा मजार विकास समितिले प्रसिद्ध बाबा गदाअली शाह, बाहार अली शाह र रहम अली शाहको उर्समा यस वर्ष नेपाल र भारतका करिब ५ लाख श्रद्धालु भक्तजन सहभागी भएको रौजा मजार सरिफ विकास समितिका अध्यक्ष सलिम राइनले बताए । 

सुझावित समाचार