पोर्चुगलका प्रधानमन्त्रीद्वारा नयाँ सरकार गठन

बिहिबार, १० चैत, २०७८
डिजिटल संस्करण

पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले बुधबार नयाँ सरकार गठनको नामावली प्रस्तुत गरेका छन्। सो प्रस्तावलाई राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले स्वीकार गरेका छन्। कुल १७ मन्त्री र ३८ राज्यमन्त्रीको नामावली प्रस्तुत गरिएको छ।

पुरुषभन्दा बढी महिला मन्त्रीहरू सहभागी रहेको नयाँ सरकार पोर्चुगलको लोकतान्त्रिक इतिहासमा पहिलो हुनेछ। जसमा राष्ट्रिय रक्षामन्त्री हेलेना कारेरास सो पद ग्रहण गर्ने पहिलो महिला हुनेछिन्।

प्रधानमन्त्री निर्वाचित एन्टोनियो कोस्टाले बताएअनुसार नयाँ सरकारको ‘बलियो राजनीतिक आधार’ छ जुन ‘पोर्तुगाली समाजमा विविध अनुभवहरू’ भएका व्यक्तिहरू मिलेर बनेको छ। नयाँ मन्त्रीहरूको शपथग्रहण चैत ३० गते हुने बताइएको छ। रासस/एएनआई

सुझावित समाचार