थली–साँखु सडकखण्ड पिच नगरेको भन्दै थलीका स्थानीयले बाटो बन्द गरेका छन् । बाटो बन्द भएसँग यातायातका सवारीसाधन ठप्प भएका छन् । स्थानीयले समयमा बाटो पिच नगरेको भन्दै नाराबाजी गरेर प्रदर्शन गरेका छन् । स्थानीयको प्रदर्शनका कारण सडकमा सवारीसाधनको लामो लाइन लागेको छ ।
यसैगरी आक्रोशित प्रदर्शनकारीले एमाले नेता रामेश्वर फुँयाललाई केही समय घेराबन्दी गरेर छाडेका छन् । फुँयाल बागमती प्रदेश सभा सदस्य हुन् ।
पाँच वर्षदेखि सडक पिच नहुँदा पानी परे हिलो र घाम लाग्दा धुलो हुने भएकाले आन्दोलनमा उत्रनुपरेको स्थानीय सुजन काफ्लेले जानकारी दिए।