जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधानविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठको बेन्चमा

मंगलबार, ८ चैत, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनको आचारसंहिताविरुद्धको मुद्दामा सुनुवाइ तोकेको छ। आचारसंहिताविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सोमबार दर्ता गराएको रिटमा सर्वोच्चले न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासमा सुनुवाइ तोकेको हो। 

आयोगले तयार पारेको आचारसंहिताको पुनः उम्मेदवार बन्न स्थानीय तहका बहालवाला जनप्रतिनिधिले अगावै राजीनामा दिनुपर्ने प्रावधान सच्याउन माग गर्दै उनले  रिट दर्ता गराएका थिए। निवेदनमा जनप्रतिनिधिले चुनावअगावै राजीनामा दिँदा स्थानीय तह रिक्त हुने भएकाले सो प्रावधान हटाउन अन्तरिम आदेश माग गरिएको छ। रिटमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ।

सुझावित समाचार