जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नुअघि भएका सम्झौता कार्यान्वयन गर्न अघि नबढेको आरोप लगाएका छन्। सोमबार वीरगन्जमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको नेतृत्वमा आउनुअघि गरेका सम्झौता सत्तामा पुगेपछि कांग्रेसले बिर्सेको बताएका हुन्।
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सबै तहमा गठबन्धन सम्भव नभएको भन्दै अध्यक्ष यादवले सम्भव भएको तहमा मिलेर चुनाव लड्न आग्रह गरे। सम्भव भएका तहमा गठबन्धन गरेर चुनाव लड्ने बताउँदै उनले सम्भव नभएका तहमा एक्लाएक्लै मित्रवत् ढंगले चुनाव लड्ने बताए।
अहिलेको निर्वाचन प्रणाली नै ठीक नरहेको भन्दै उनले यसैका कारण मुलुकको राजनीतिले स्थिरता पाउन नसकेको दाबीसमेत गरे।