कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ सदस्य मनोनीत

आइतबार, ६ चैत, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमामा १६ सदस्य मनोनीत भएका छन् । सभापति इन्द्र बानियाँले पार्टीको विधानअनुसार सदस्य मनोनयन गरेका हुन्। 

कांग्रेस बागमती प्रदेशका मुख्यसचिव राजु नेपालले सभापति बानियाँले पार्टी विधानअनुसार सदस्य मनोनीत गरेको जानकारी दिए । 

मनोनीत हुनेहरूमा निमा लामा, कृष्णलाल भँडेल, सन्तबहादुर प्रजा, प्रभात तामाङ, कल्पना नेपाली, तिलकप्रसाद रुवाली, छिरिङ दोर्जे लामा, अर्जुन न्यौपाने, कैलाश कोइराला, राजु खरेल, गौरी दवाडी, रमेशकुमार बखती, हरिहर अधिकारी, राजेश महर्जन, प्रभुराम श्रेष्ठ र भगवतीकुमारी खड्का छन्।

सुझावित समाचार