अन्य पार्टीले कामै नगरी भ्रम बेचे, कांग्रेसमा गरेका कामको पनि प्रचार भएन : नेता सिंह

आइतबार, ६ चैत, २०७८
डिजिटल संस्करण
अन्य पार्टीले कामै नगरी भ्रम बेचे, कांग्रेसमा गरेका कामको पनि प्रचार भएन : नेता सिंह

फाइल फाेटाे ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जुनसुकै छिमेकी मुलुकले नेपाल र नेपालीको हितमा दिने सहयोग लिन सकिने बताएका छन्। एमसिसीको विषयमा नकारात्मक हल्लाको पछि नलाग्न आग्रह गर्दै उनले यस्तो बताएका हुन्।

कांग्रेस काठमाडौं क्षैत्र नम्बर १ मा  ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत बुद्धनगरमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले  कम्युनिस्ट पार्टीमा दोधारे कुराले नागरिकमा गलत सन्देश गएको बताए। उनले चुनाव नजिकिएकाले मतदाताका घरघरमा पुगेर वास्तविकता बताउँदै जनतालाई कांग्रेस नेतृत्वमा भएका उपलब्धि बुझाएर कांग्रेसको पक्षमा  मत माग्नसमेत कार्यकर्तालाई आग्रह गरे।

अन्य पार्टीले कामै नगरी काम गरेको भ्रम बेचिरहेका भन्दै नेता सिंहले कांग्रेस आफूले गरेका कामको प्रचार गर्न पछि परेकाले कांग्रेसका तर्फबाट भएका कामको प्रचारप्रसार गर्न निर्देशन दिए।

सुझावित समाचार