रुसद्वारा पश्चिमी युक्रेनमा हाइपरसोनिक मिसाइल प्रयोग

शनिबार, ५ चैत, २०७८
डिजिटल संस्करण
रुसद्वारा पश्चिमी युक्रेनमा हाइपरसोनिक मिसाइल प्रयोग

फाइल फाेटाे ।

रुसले शुक्रबार युक्रेनमा पहिलोपटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल प्रयोग गरेको छ। युक्रेनको पश्चिममा रहेको हतियार भण्डारणस्थल नष्ट गर्न उक्त हाइपरसोनिक मिसाइल प्रयोग गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ।

'हाइपरसोनिक एरोब्यालिस्टिक मिसाइलसहितको किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले इभानो–फ्रान्किभस्क क्षेत्रको डेलियाटिन गाउँमा मिसाइल र उड्डयन गोदाम भएको ठूलो भूमिगत गोदामलाई ध्वस्त पारेको छ,' रुसी रक्षा मन्त्रालयले जनाएको छ।

राज्य समाचार एजेन्सी आरआइए नोवोस्तीले जनाएअनुसार किन्जल हाइपरसोनिक हतियारको यो पहिलो प्रयोग हो, जसलाई मस्कोले पश्चिमी युक्रेन समर्थकमा 'विशेष सैन्य अपरेसन' भनेको छ। रासस–एएफपी

सुझावित समाचार