नेपाल आविष्कार केन्द्रको पहलमा जनकपुर इन्जिनियरिङ कलेजले नाैजना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ। त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ललितपुरको कुपन्डाेलमा रहेको जनकपुर इन्जिनियरिङ कलेजले पाँचजनालाई सिभिल र चारजनालाई कम्प्युटर इन्जिनियरिङतर्फ ५० प्रतिशत छात्रवृत्ति दिन लागेको हो।
सिभिल इन्जिनियरिङका लागि पाँचजना विद्यार्थीलाई कुल ३२ लाख र कम्प्युटर इन्जिनियरिङतर्फ चारजनालाई २० लाख छात्रवृत्ति दिने कलेजले निर्णय गरेको छ। नेपाल आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले गरिब तथा जेहनदार विद्यार्थीले कलेजमा सम्पर्क गर्नसमेत आग्रह गरेका छन्।
इन्जिनियरिङ अध्ययन संस्थानले लिने प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीले छात्रवृत्तिका लागि दाबी गर्न सक्ने कलेजका प्रिन्सिपल इन्जिनियर सागर श्रेष्ठले बताए।