नेसनल लाइफकी अध्यक्षले लिइन् शपथ

शुक्रबार, ४ चैत, २०७८
डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीकी अध्यक्ष श्रीमती प्रेमा राज्यलक्ष्मी सिंहले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । अध्यक्ष सिंहलाई बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले शपथग्रहण गराएका हुन् । 

कम्पनीकोे ३३औँ वार्षिक साधारणसभाबाट कम्पनीको सञ्चालक समितिको पुनर्गठन भई श्रीमती सिंह सर्वसम्मतिबाट अध्यक्षमा पुनः निर्वाचित भएकी थिइन् । शपथग्रहण गराएपछि बिमा समितिका अध्यक्ष सिलवालले अध्यक्ष सिंहको सफल कार्यकालका लागि शुभकामना दिएको जनाइएको छ । श्रीमती सिंहले शपथग्रहण कार्यक्रमपछि बिमा समितिका अध्यक्षलाई आफ्नो र सञ्चालक समितिको तर्फबाट आभार तथा धन्यवाद ज्ञापन गरेकी थिइन् । 
 

सुझावित समाचार