नेपाल टेलिकमले ल्यायो फागु अफर

बिहिबार, ३ चैत, २०७८
डिजिटल संस्करण

फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डेटासहितको फागु अफर ल्याएको छ । कम्पनीले चैत १७ सम्म लागू हुने गरी यो अफर ल्याएको हो । 

अफरअन्तर्गत ६९ रुपैयाँमा एक एमबिपिएस अन लिमिटेड डेटा २४ घन्टा, ९८ रुपैयाँमा तिन दिनका लागि ६ जिबी डेटा र दुई सय ९४ रुपैयाँमा २० जिबी डेटा १० दिनका लागि उपलब्ध हुने कम्पनीले जनाएको नेपालीहरूको महत्वपूर्ण पर्वहरू फागु पूर्णिमा र चैतेदसैँलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिन कायम रहने जनाइएको छ ।

फागु अफरबाट सबै ग्राहक लाभान्वित हुने कम्पनीले विश्वास व्यक्त गरेको छ । 

See More On

सुझावित समाचार