सेलपेको ‘नयाँ वर्ष आयो क्यासब्याक पायो’ अफर

बुधबार, २ चैत, २०७८
डिजिटल संस्करण

भुक्तानी सेवाप्रदायक सेलकम प्रालिअन्तर्गतको सेलपेले नयाँ वर्ष २०७९ को अवसर पारेर ‘नयाँ वर्ष आयो क्यासब्याक पायो’ नामक योजना ल्याएको छ । कम्पनीले वैशाख दुई गतेसम्म सेलपे प्रयोगकर्ताले टपअप, बस टिकट, हवाई टिकट र फोनपे क्युआर भुक्तानीजस्ता विभिन्न सेवामा आकर्षक क्यासब्याक प्राप्त गर्ने योजना ल्याएको हो । 

योजनाअनुसार टपअपमा ६ प्रतिशत क्यासब्याक पाउने जनाइएको छ । त्यस्तै, फोनपे क्युआर भुक्तानीमा १० प्रतिशत वा अधिकतम एक सय रुपैयाँ छुट पाउने, एयरलाइन्स टिकट खरिदमा एक हजार दुई सय रुपैयाँसम्म छुट पाउने र बस टिकट खरिदमा १० प्रतिशत छुट पाउने रकम ल्याइएको कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार