आणविक सम्झौताबारे वार्ताका लागि इरानी विदेशमन्त्री मस्को जाँदै

सोमबार, ३० फागुन, २०७८
डिजिटल संस्करण

इरानका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियान वार्ताका लागि मंगलबार मस्को जाने भएका छन्। इरानसँगको जारी आणविक सम्झौतासम्बन्धी वार्ता रुसले पश्चिमा राष्ट्रहरूसँग सुरक्षा ग्यारेन्टीको माग सार्वजनिक गरेको केही दिनपछि टुटेको थियो।

भियनामा भएको १० महिनाको वार्ताले प्रमुख शक्तिहरू इरानको आणविक कार्यक्रमलाई नियमन गर्ने सन् २०१५ को सम्झौता नवीकरण गर्ने नजिक पुगेका थिए। तर, रुसले युक्रेनमाथि आक्रमण गरेपछि लगाइएको पश्चिमी प्रतिबन्धले इरानसँगको व्यापारलाई नोक्सान नगर्ने ग्यारेन्टी माग गरेपछि वार्ता फेरि रोकिएको थियो। रासस/एएफपी

सुझावित समाचार