कुलमानको उज्यालो अभियानको कथा बताउने ‘बादलहरू’ सार्वजनिक

शुक्रबार, २७ फागुन, २०७८
डिजिटल संस्करण

उज्यालो नेपालका अभियन्ता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जीवनी प्रेरित म्युजिक भिडियो सार्वजनिक गरिएको छ। कुलमान स्वयंको उपस्थितिमा राज के. गोस्वामीको स्वर रहेको ‘बादलहरू’ बोलको गीत सार्वजनिक गरिएको हो।

अभिनेत्री सुरक्षा पन्तले रचना गरेको गीतमा मानव सुवेदीले संगीत भरेका छन्। नेपाली टचको प्रस्तुति रहेको गीत सार्वजनिक कार्यक्रममा उपस्थित अभिनेता राजेश हमाल, गायकहरू राजेश पायल राई, सुगम पोखरेल, शिव परियार, धर्मेन्द्र सेवानलगायतले गायक गोस्वामीलाई शुभकामना दिएका थिए।
 
गीतको भिडियोमा गाउँमा बिजुली ल्याउन संघर्ष गर्ने एक इन्जिनियर र ऊसँग जोडिएका थप दुई पात्रको कथा प्रस्तुत गरिएको छ। सुरक्षा पन्तकै पटकथा रहेको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन्। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतलाई सुशील सापकोटाले छायांकन गरेका छन् भने भिडियोको सम्पादन मानव स्वयंले गरेका हुन्।

सुझावित समाचार