बन्चरेडाँडा ल्यान्डफिल्डसाइडका समस्या समाधान गर्न सरकारले टास्क फोर्स गठन गर्ने

शुक्रबार, २७ फागुन, २०७८
डिजिटल संस्करण

सरकारले बन्चरेडाँडा ल्यान्डफिल्डसाइडमा देखिएका समस्या समाधान गर्न र्यापिड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बन्चरेडाँडा ल्यान्डफिल्डसाइडमा देखिएका स्थानीय समस्या समाधान गर्न टास्क फोर्स गठन गर्ने निर्णय गरेको हो।

शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बन्चरेडाँडा ल्यान्डफिल्डसाइडमा देखिएका स्थानीय समस्या समाधान गरी फोहोरको वैज्ञानिक व्यवस्थापनमा अविलम्ब आवश्यक कार्य सुरु गर्न र्यापिड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय गरिएको जानकारी दिए। सरकारले राष्ट्रिय वाणिज्य बैंकको स्वामित्वको सुर्खेतमा रहेको नाै कट्ठा आठ धुर जग्गा नेपाल राष्ट्र बैंकलाई बिक्री गर्न स्वीकृत प्रदान गर्ने र नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा उमेशप्रसाद थानीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

त्यस्तै, अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा २०२२ मार्च ७ देखि १८ सम्म सञ्चालन हुने युनाइटेड नेसन्स अन द ल, अफ द सी अन द कन्जर्भेसन एन्ड द सस्टेनिबल युज अफ मेरियन बायोलोजिकल डायभर्सिटी अफ एरियाज बिवान्ट नेसन्स जेरिडिक्सन बिबिएन्जीअन्तर्गत इन्टर्न गभर्मेन्टल कन्फ्रेन्सको चौथाे सत्रमा नेपालको तर्फबाट सहभागिताका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाको नेतृत्वको भ्रमण स्वीकृत गर्ने, बंगलादेशको ढाकामा आगामी ८ देखि ११ मार्च २०२२ मा आयोजना हुने ३६ सेसन अफ द एफएयू डिजिटल कन्फ्रेन्स अन एसिया स्पेसिफिकमा सहभागी हुन कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिवको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने, बिउबिजनको किसिम वा जाँच सूचित गरी प्रयोजनार्थ राष्ट्रिय बिउबिजन समितिबाट सिफारिस गरी आएबमोजिमको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने निर्णयसमेत गरेको प्रवक्ता कार्कीले जानकारी दिए।

उनका अनुसार सरकारले जी टू जी विधिअन्तर्गत भारत सरकारसँग हस्ताक्षर भएको समझदारीपत्रमा भएको व्यवस्थाबमोजिम ज्वाइन स्टेरिङ कमिटीमा सहभागी हुन नेपालको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि विकास महाशाखा सहसचिवको नेतृत्वमा टोली गठन गर्ने तथा मल खरिद गर्ने निकायको रूपमा कृषि सामग्री कम्पनी लिमिटेडलाई  तोक्ने, साउदी अरबका परराष्ट्रमन्त्रीले फागुन ३० देखि चैत १ सम्म गर्ने नेपाल भ्रमणको अवसरमा दुईपक्षीय वार्ताका लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने, नेपाल र साउदी अरबबीच हुने जनरलको अप्रेसन एग्रिमेन्ट बिट्विन द गभर्मेन्ट अफ नेपाल एन्ड गभर्मेन्ट अफ द किङ्डम अफ द साउदी अरेबियाको मस्यौदा स्वीकृत गरी नेपालको तर्फबाट हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिने, २०७८ चैत १४ गते अमेरिकाको न्युयोर्कमा हुने गभर्मेन्ट कन्सल्टेसन अन द स्टकहम प्लस ५० एलगेसी इन्गेजमेन्ट स्टाट्रेजी प्रिपेटरी मिटिङसम्बन्धी कार्यमा सहभागी हुन सचिव डा. पेमनारायण कँडेललाई स्वीकृत दिने, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय कृष्णकुमार श्रेष्ठको नेतृत्वको प्रतिनिधिमण्डललाई संयुक्त अरब इमिरेट्स, सेसेज र कतार भ्रमण गर्न स्वीकृत दिने, तुल्सीपुर उपमहानगरपालिका र स्पेनको बिलओ नगर परिषदबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

त्यस्तै, तुल्सीपुर उपमहानगरपालिका र स्पेनको बिलओ नगर परिषदबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृति प्रदान गर्ने, फोहोर मैला व्यवस्थापनसम्बन्धी कानुनको मस्यौदा तयार गर्न सहमति प्रदान गर्ने, राष्ट्रिय भवन प्रविधि अनुशासन केन्द्र र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको संगठन संरचना र दरबन्दी टेरिज स्वीकृत गर्ने र पत्रकार दुर्घटना बिमा व्यवस्थाको पहिलो संशोधन निर्देशिका, २०७८ स्वीकृत गर्ने निर्णयसमेत गरेको प्रवक्ता कार्कीले जानकारी दिए।

सुझावित समाचार