ताप्लेजुङकाे फुङलिङस्थित कोप्चेमा आगलागी

शुक्रबार, २७ फागुन, २०७८
डिजिटल संस्करण

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । कोप्चेबजारमा रहेको मासु पसलनजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको हाे ।  स्थानीयवासीका अनुसार  बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो । आगलागीबाट एक घर जलेको छ भने आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ । 

आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी खटिएका छन् । आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकल पुगेको छ । जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घरसमेत जोखिममा परेका छन् ।  

आगो अन्यत्र सल्किए कोप्चेबजार पूरै जोखिममा पर्ने देखिन्छ । प्रायः बर्सेनि आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा यस वर्षकाे सुक्खायाम लागेसँगै बजार क्षेत्रमा यो नै पहिलोपटक आगलागीको घटना भएको हो ।  आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

 

See More On

सुझावित समाचार