संखुवासभाको मादीमा बस दुर्घटना, १२ जनाको मृत्यु

बिहिबार, २६ फागुन, २०७८
डिजिटल संस्करण

संखुवासभाको मादीमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परेर १२ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । बिहीबार  बिहान करिब ७:३० मादी नगरपालिकाको केन्द्र ओखरबोटेदेखि दमक जाँदै गरेको बा.४ख ७३५ नम्बरको बस दुर्घटना भएको हो । 

बस मादी नगरपालिका– ६ स्थित पुलुङ गाउँको सातघुम्तीकाे भिरबाट करिब तीन सय मिटर तल खसेको छ। बसमा  १५ जना यात्रु र चालक तथा सहचालक रहेका थिए । तीमध्ये हालसम्म १२ जनाको शव भेटिएको स्थानीय डम्बर बस्नेतले जानकारी दिए ।

उनका अनुसार गम्भीर घाइते भएका तीनजनाको जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । मृतकहरूको पहिचान खुल्न सकेकाे छैन ।  दुर्घटना के कारणले भएकाे हो भन्ने  पनि खुलेको छैन । 

सुझावित समाचार