महिला टोलीकी परी एन्जिला

बिहिबार, २६ फागुन, २०७८
डिजिटल संस्करण

 गोल मात्र गरेर खेल जितिन्न । आफ्नै पोस्टको पनि सुरक्षा गर्नुपर्छ । महिला राष्ट्रिय फुटबल टोलीको चर्चा गर्दा त्यो विषय अधिकांश समय अग्रपंक्तिमा गोल गर्ने खेलाडीमै केन्द्रित हुन्छ । तर, केही खेलाडी पनि छन्, जसले चुपचाप आफ्नो  जिम्मेवारी खुबै निभाइरहेका छन् । टोलीलाई गति दिइरहेका छन् । तिनमै एक हुन्, एन्जिला तुम्बापो सुब्बा ।

फेरि पुरुषकै मात्र पनि होइन, महिलाको पनि राष्ट्रिय टोली छ । तर, चर्चा बढी पुरुषकै हुन्छ । त्यस्ता केही खेलाडी पनि छन्, जसले चुपचाप महिला फुटबललाई अगाडि बढाइरहेका छन् । धेरै गुनासो गर्दैनन्, तर आफ्नो  काम बढो मज्जाले गरिरहेका छन् । पछिल्लो एक दशकजतिको समय नेपाली महिला फुटबलले केही मीठा सफलता, अनि केही परिचित दोहोरिएका असफलता भोगेका छन् ।

तिनकै साक्षी हुन्, एन्जिला । यी इलामकी चेली नेपाल खेलकुद पत्रकार मञ्चले भर्खरै घोषणा गरेको पिपल्स च्वाइस अवार्ड ०७७ को मनोनयमा पर्न सफल पा“च खेलाडीमध्ये एक हुन् । कसैलाई नेपाली महिला फुटबल मन पर्छ, समर्थन गरिन्छ र यसले राम्रो गरोस् भन्ने कामना छ भने यो समय हो, एन्जिलाका लागि मतदान गर्ने । यसका लागि विद्युतीय भुक्तानी माध्यम इ–सेवाबाट मतदान गर्न सकिन्छ । अनि एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको फेसबुक पेजमा गएर लाइक पनि गर्न सकिन्छ ।

केही दिनपछि महिला राष्ट्रिय लिग सुरु हुन लागेको छ । त्यसैले एपिएफ तयारी राम्रो छ । यसमा एन्जिला आफैँ  प्रशिक्षणमा व्यस्त छिन् । एपिएफ उनका लागि अचेल सबथोक हो । यसै दौडधुपबीच आफू पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेकोमा खुसी छ । उनका आफ्नै  दाजु विदेश छन्, तिनले पनि फोन गरेर मनोयनका लागि एन्जिलालाई बधाई दिएका छन् । आमा राधिका लामा छोरीको अहिलेको प्रगतिमा खुसी छिन् । एन्जिलाले अहिलेसम्म तय गरेको फुटबल यात्रामा तिनै आमाको ठूलो हात छ । 

फुटबल यात्रा मात्र के र ? पूरा जीवनकै यात्राको सबै श्रेय एन्जिला आफ्नी आमालाई दिन मन पराउँछन् । लगभग १२ वर्षको उमेरबाट फुटबल खेल्न थालेकी एन्जिलाले एक दशकभन्दा बढी समय यसमा बिताइसकेकी छिन् । राष्ट्रिय टिमकै सामीप्य सन् २०१६ यता हो । एन्जिलालाई खुब नाम कमाउने, आफूले रोजेको क्षेत्रमा उत्तिकै सफल हुने ईख थियो, कसलाई यस्तो देखाउनु थियो, अहिले त्यो पूरा भएको छ ।

फुटबल खेलेर नै उनको परिवारको समाज, टोल छिमेकमा इज्जत र सान बढेको छ । अब एउटा असल छोरीलाई योभन्दा बढी के चाहियो र ? एन्जिलाको एक थोक इच्छा भने अभैm बा“की छ र यो उनको मात्र इच्छा होइन, नेपाली फुटबल मन पराउने सबैको हो । त्यो हो, भारतलाई हराउने र स्वर्ण जित्ने । उनी भन्छिन्, ‘जबसम्म यस्तो गर्न सकिन्न, केही गरेको जस्तो लाग्दैन ।’ विश्वास गरौँ, उनको इच्छा पूरा हुनेछ । आखिर उनी नेपाली महिला राष्ट्रिय टिमकी ‘परी’ हुन्, अर्थात् नेपाली गोलपोस्टकी ‘एन्जिला’ । मतदान गरौँ, उनलाई ।

See More On

सुझावित समाचार