नेपाल इन्जिनियर्स एसोसिएसन निर्वाचन : बागी उम्मेदवारी दिनेलाई सिडेनद्वारा कारबाही

बुधबार, २५ फागुन, २०७८
डिजिटल संस्करण

इन्जिनियरहरूको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा सत्तारूढ दल नेपाली कांग्रेसनिकट सेन्टर फर डेमोक्रयाटिक इन्जिनियर्स नेपाल (सिडेन) का तर्फबाट आधिकारिकता दाबी गर्दै प्यानल बनाएर बागी उम्मेदवारी दिनेलाई सिडेनले कारबाही गरेको छ । बुधबार एक सूचना जारी गर्दै सिडेनका महासचिव ई. रोशनराज गिरीले सो जानकारी दिएका हुन् । 

एसोसियसनको ३३ओँ कार्यसमिति चयनका लागि शुक्रबार हुने निर्वाचनमा सिडेनका तर्फबाट हरि दर्लामी र दिलीपकुमार झाको नेतृत्वमा दुईवटा प्यानलबाट उम्मेदवारी घोषणा भएको थियो । सिडेनले झा नेतृत्वको प्यानलबाट उम्मेदवारी दिनेलाई संस्थाको विधानअनुसार साधारण सदस्यसमेत नरहने गरी संस्थाबाट निष्काशन गरिएको जनाएको हो । 

कारबाहीमा पर्नेहरूमा सिडेन सदस्य इन्जिनियरहरू दिलीपकुमार झा, ऋषि कोइराला, कृष्णसिंह बस्नेत, सुधीर गुरागाईं, ढुण्डीराज दाहाल, पराग कायस्थ, बज्रमान सिंह थापा, नवीन तिवारी, जीवनकुमार श्रेष्ठ, प्रवेशकुमार आचार्य, रत्नेश्वरलाल कर्ण, भगतमानसिंह प्रधान र टेकराज बोहाेरा गरी १३ जना रहेका छन् । 

इन्जिनियरहरूको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसनको ३३औँ कार्यसमितिका लागि शुक्रबार निर्वाचन हुँदै छ । चुनावमा विभिन्न पार्टीनिकट एकल तथा गठबन्धन गरेर पाँच प्यानल प्रतिस्पर्धामा उत्रेका छन् । 

हेर्नुहोस् सिडेनको विज्ञप्ति :

No description available.

सुझावित समाचार