नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मतपत्रमा हरियो रंग प्रयोग गरिएको भन्दै एमाले अध्यक्ष केपी ओलीले गरेको आपत्तिको अर्थ नभएको बताएका छन्।
कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले मतपत्रको रंगबारे ओलीले गरेको आपत्तिको कुनै अर्थ नरहने टिप्पणी गरे। कांग्रेसको प्रभाव बढेकोले ओलीमा छटपटी बढेको उनको भनाइ छ। ओलीकाे मतपत्रबारेको अभिव्यक्तिले पनि त्यही संकेत गरेको उनले बताए।
अहिले गठबन्धनका विषयमा चर्चा–परिचर्चा गरिरहनु आवश्यक नरहेको उनले बताए। जतिवेला उम्मेदवार उठाउने वेला आउँछ हरेक दलले निर्णय गर्ने र त्यहीवेला बढीभन्दा बढी कसरी फाइदा हुन्छ त्यसैअनुसार पार्टीले निर्णय लिने उनले बताए।