कांग्रेसको ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान, कसलाई कहाँ खटाइयाे (सूचीसहित)

बुधबार, २५ फागुन, २०७८
डिजिटल संस्करण
कांग्रेसको ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान, कसलाई कहाँ खटाइयाे (सूचीसहित)

फाइल फाेटाे

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रित ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत केन्द्रीय प्रतिनिधी तोकेको छ। मंगलबार सभापति शेरबहादुर देउवाले केन्द्रबाट खटिने प्रतिनिधिहरुको बैठक राखेर केन्द्रीय तहदेखि पालिकासम्मको जिम्मेवारी बाँडफाँड सहित निर्देशन दिएका हुन्। 

सह–महामन्त्री बद्री पाण्डेका अनुसार सभापति देउवाले केन्द्रिय प्रतिनिधिहरुलाई निर्देशन दिएका हुन्।  ‘सभापतिले निर्वाचन अभियान अन्तर्गत केन्द्रबाट जिल्ला जाने प्रतिनिधिहरुलाई बोलाएर निर्वाचन केन्द्रीत हुन निर्देशन दिनुभएको हो,’उनले नयाँ पत्रिकासँग भने, ‘अभियान अन्तर्गत प्रत्येक जिल्लामा एक जना केन्द्रीय सदस्यलाई प्रतिनीधिको रुपमा खटाईएको छ।’ 

पार्टी कार्यालय सानेपामा बसेको बैठकमा सभापति देउवाले स्थानीय तहको जिम्मेवारीबारे ब्रिफिङ गरेका थिए। बैठकले पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई केन्द्रको प्रतिनीधिका रुपमा फागुन २७ भित्र जिल्लामा उपस्थित हुन र फागुन २९ बाट चुनाबी अभियानलाई सुरु गर्ने जिम्मेवारी दिएको छ।अभियान २९ चैत्रसम्म चल्नेछ। 

बैठकले प्रदेश, जिल्ला र पालिका कार्यसमितिको भूमिकासमेत स्पष्ट पार्दै कांग्रेसको पक्षमा माहौल तयार पार्न निर्देशन दिएको छ। बैठकले भातृ तथा शुभेच्छुक संस्थाको जिम्मेवारी समेत तोकेर वडा र पालिका स्तरमा हुने कार्यक्रमहरु तयार गरिएको छ।

यस्ता छन् केँद्रबाट तोकिएका प्रतिनिधि :

No description available.

No description available.

No description available.

सुझावित समाचार