एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

बुधबार, २५ फागुन, २०७८
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)केन्द्रीय  कमिटीको तेस्रो दुईदिने पूर्ण बैठक आजदेखि सुरु हुँदै छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेका लागि तय भएको बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा र भावी कार्ययोजना समेटिएको अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि गहन छलफल हुनेछ ।

पार्टीले आगामी स्थानीय तह निर्वाचनका सन्दर्भमा लिइने रणनीति र सदनबाट पारित अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का विषयमा बैठकमा छलफल हुने संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । पार्टीको यही फागुन २३ गतेको बैठकले केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो 

सुझावित समाचार