श्रष्टालाई सम्झियो निजगढ नगरपालिकाले

मंगलबार, २४ फागुन, २०७८
डिजिटल संस्करण
श्रष्टालाई सम्झियो निजगढ नगरपालिकाले

शहीद हिरालाल गौतमकी पत्नी गायत्री गौतमलाई सम्मान गर्दै खानेपानी मन्त्री उमाकान्त चौधरी ।

बाराको निजगढ नगरपालिकाले श्रष्टाको सम्मान गरेको छ। नगरपालिकाले मंगलबार एक समारोह आयोजना गरी राष्ट्रिय खेलाडी, जनआन्दोलनका घाइते तथा सहिद परिवार, पूर्वजनप्रतिनिधिहरूलाई सम्मान गरेको हो। निजगढको पहिचान देश तथा विशेषमा चिनाउन सफल भएकोमा नगरपालिकाले उनीहरूलाई सम्मान गरेको हो।

संघीय सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरी र नगरप्रमुख सुरेश खनालले संयुक्त रूपमा खादा तथा प्रमाणपत्रले उनीहरूलाई सम्मान गरे। प्रमुख अतिथि रहेका मन्त्री चौधरीले खेलको माध्यमबाट देश र निजगढलाई चिनाउन मद्दत गर्ने खेलाडीलाई सम्मान कार्यक्रमले हौसला बढाएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आयोजकसँग आग्रह गरे।

कार्यक्रममा राष्ट्रिय कलाकार एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव युवराज लामा, राष्ट्रिय खेलाडी यानकुमारी चौलागाईंलगायत ६५ जना श्रष्टालाई सम्मान गरिएको थियो। 

सुझावित समाचार