रोबिन तामाङको आवाजमा ‘चिसो एस्ट्रे’को टाइटल ट्रयाक सार्वजनिक

आइतबार, २२ फागुन, २०७८
डिजिटल संस्करण

चैत ४ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘चिसो एस्ट्रे’को टाइटल ट्रयाक सार्वजनिक गरिएको छ। रोबिन तामाङको आवाजमा रहेको गीत शुक्रबार नेपाल फिल्म क्याम्पसका विद्यार्थीबीच सार्वजनिक गरिएको हो।

रोबिनकै शब्द तथा संगीत रहेको ‘चिसो एस्ट्रे’ बोलको गीतले युवाहरूको जीवनशैलीलाई अभिव्यक्त गरेको छ। गीत सार्वजनिक कार्यक्रममा उपस्थित रोबिनले फिल्मले देखाउन खोजेको कुरालाई गीतले सारसंक्षेपमा व्यक्त गर्ने प्रयास गरेको बताए।

फिल्ममा रोबिनले अभिनयसमेत गरेका छन्। यो फिल्ममार्फत उनी लामो समयपछि नेपाली सिने क्षेत्रमा फर्किएका छन्। केही समयअघि मात्र उनले अमेजन प्राइममा प्रसारण भएको हिन्दी सिरिज ‘दि लास्ट आवर’मा मुख्य भिलेनको भूमिका निर्वाह गरेका थिए, जसले नेपालसहित भारतमा समेत निकै चर्चा कमाएको थियो।

सुझावित समाचार