विधानविपरीत सदस्य थपेको भन्दै सांस्कृतिक संघले बुझायो पार्टीलाई ज्ञापनपत्र

सोमबार, १६ फागुन, २०७८
डिजिटल संस्करण

विधानविपरीत सदस्य थप गरेको भन्दै नेपाली कांग्रेसको भ्रातृ संस्था सांस्कृतिक संघका सदस्यहरूले पार्टी सभापतिसहितका पदाधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्। सोमबार पार्टी कार्यालय सानेपा पुगेर उनीहरूले संघका सभापतिले विधानविपरीत कार्यसमिति विस्तार गरेको भन्दै ज्ञापनपत्र बुझाएका हुन्।

विधानविपरीत गैरकानुनी रूपमा पदाधिकारी मनोनयन गरिएको भन्दै असन्तुष्ट सदस्यहरूले मनोनयन बदर गर्न माग गरेका छन्।

सुझावित समाचार