सामसङको थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर बजारमा

सोमबार, १६ फागुन, २०७८
डिजिटल संस्करण

कन्ज्युमर इलेक्ट्रोनिक्स एवं रेफ्रिजेरेटर ब्रान्ड सामसङले कम्प्याक्ट मोडर्न किचनका लागि डिजाइन गरिएको थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटरको नयाँ मोडेल बजारमा ल्याएको छ । कम्पनीले आवश्यकताअनुसार एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्न सक्ने सुविधाको रेफ्रिजेरेटर बजारमा ल्याएको हो । 

आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा ढोका नखोली रेफ्रिजेरेटरको चिसो तापक्रमलाई कायमै राखेर चिसोपानी निकाल्न मिल्ने गरी वाटर डिस्पेन्सरको सुविधा पनि राखिएको कम्पनीले जनाएको छ । यो स्टाइलिस स्टेनलेस स्टिलको फ्रेन्च डोर रेफ्रिजेरेटर वाटर डिस्पेन्सरसहित पाँच सय ७९ लिटरमा उपलब्ध रहेको जनाइएको छ । 

यसमा रहेको ट्विन कुलिङ प्लस प्रविधिले फ्रिज र फ्रिजर खण्डहरूलाई बेग्लाबेग्लै चिसो राख्दै गन्धहरू फैलिनबाट रोक्न र खाद्य सामग्रीहरूको मौलिक स्वाद जोगाइराख्न मद्दत गर्ने दाबी गरिएको छ । पावर कुल र फ्रिज सुविधा सक्रिय गर्न सजिलो भएकाले आवश्यकताअनुसार आइस र चिसोपानी छिटो चाहिँदा कुर्नुनपर्ने जनाइएको छ ।

धेरै फलफूल र सागसब्जीहरू राख्नका लागि यसमा २१.७ लिटर क्षमता भएका ठूला क्रिस्परहरू र दुई लिटर सहजै अट्ने ठूला डोरबिनहरू राखिएका छन् । दुईवटा सेल्फ र चलाउन मिल्ने आइस मेकरसहितको सुविधाजनक फ्रिजर स्टोरेज भएको हुँदा यसमा स्थान अभाव र पहुँचको समस्या नहुने कम्पनीले जनाएको छ । यसमा भएको कम्प्रेसर र डिजिटल इन्भर्टरले ५० प्रतिशतसम्म विद्युत् खपत कम गर्ने र यो प्रविधिमा १० वर्षको वारेन्टी अफर दिइएको कम्पनीले जनाएको छ ।  

पाँच सय ७९ लिटरको फ्रेन्च डोर रेफ्रिजेरेटरको मूल्य तीन लाख रुपैयाँ तोकिएको छ । यो रेफ्रिजेरेटर सामसङ प्लाजा वेबसाइटका साथै हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको वितरक सञ्जालमार्फत नेपालभर सम्पूर्ण प्रमुख कन्ज्युमर इलेक्ट्रोनिक्स स्टोरमा उपलब्ध रहेको जनाइएको छ । 

सुझावित समाचार